धनुषामा प्रचण्ड : माछीदेखि मगराहासम्म मर्निङ वाक
काठमाडौँ । जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगत माओवादीको टोली धनुषा पुगेको छ । पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा पुगेका हुन् ।
प्रचण्डसहितका नेताहरु आइतबार धनुषामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि बिहानै प्रचण्ड माछीदेखि मगराहासम्म मर्निङ वाकमा सहभागी भएको उनको सचिवालयले जनाएको छ ।
सो क्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारी समेत गरेका थिए ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण