एकैदिन ७५ अंकले बढ्यो सेयर बजार, १४ अर्बको कारोबार
काठमाडौँ । सेयर बजार एकैदिन ७५ अंक बढेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजारमा आज १९६ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज म्युचुअल फण्डबाहेक सबै समूहको सूचक बढेको छ । उत्पादनमूलक उद्योगमा सर्वाधिक ४.७९ प्रतिशत, जीवन बीमामा ४.३१ प्रतिशत, फाइनान्समा ४.२८ प्रतिशत, होटल तथा पर्यटनमा ४.१४ प्रतिशत मूल्य बढेको छ । विकास बैंक, इन्भेस्टमेन्ट तथा निर्जीवन बीमा समूहमा पनि ३ प्रतिशत भन्दा धेरैले बृद्धि हुँदा बजार पुँजीकरणमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंक समूहमा २.५३ प्रतिशत वृद्धि भएको छ ।
आज बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरूमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत रहेका छन् । समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको ९७ करोड र हिमालयन रिइन्स्योरेन्सको ८६ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्याको आधारमा हिमालयन पहिलो र नेपाल पुनर्बीमा दोस्रो स्थानमा रहेको छ ।
आज बजार बढ्नुमा राष्ट्र बैंकले लिएको खुकुलो मौद्रिक नीतिको प्रभाव, नेपाल राष्ट्र बैंकमा हुँदै गरेको नेतृत्व परिवर्तन तथा अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्थालाई प्रमुख कारण मानिएको छ । बजारले अहिले लिएको उचाइ विगत ६ महिनाकै सबैभन्दा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण