देशको अस्तित्व जाेगाउनु पहिलो दायित्व : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्वको परिस्थिति नसोचेको ढङ्गबाट अघि बढिरहेकाले हाम्रो देशको अस्तित्व जोगाउने पहिलो दायित्व भएको बताएका छन् ।
आइतबार बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसार गतिशील भइरहेको तर हाम्रो दिमाग स्थिर रहेको भन्दै डाइनामिक हुनुपर्ने बताएका हुन् ।
‘विश्वको अहिलेको परिस्थिति नचिताउने ढङ्गबाट अघि बढिरहेको छ । त्यसकारण अहिले हामीले गम्भीरताका साथ देशको अस्तित्व जोगाउनु पहिलो हुन जान्छ’, अध्यक्ष नेपालले भने, ‘देशको गरिमाको रक्षा दोस्रो कुरा, देशको राष्ट्रिय हितको संरक्षण गर्ने तेस्रो कुरा हो ।’
नेपाल दुई ठुला देशको बिचमा रहेको र दुवै देशका आआफ्ना संवेदनशीलता रहेको भन्दै त्यो संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण