स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन
सोमबार, १९ फागुन २०८१, ०९ : ५१
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न समिति गठन गरेको छ । चैत ५ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्न नेविसंघले विभिन्न १४ वटा समिति र तिनका संयोजक तोकेको हो ।
स्ववियु निर्वाचनमा नेविसंघकाे तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेविसंघकाे सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
त्रिविमा स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ। आज संघ संगठन दर्ताको कार्यतालिका रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण