पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
वीरगन्ज । पर्साको कालिकामाईस्थित एक सरकारी विद्यालयका करिब २० जना विद्यार्थी अचानक बेहोस भएका छन् ।
बिहानको प्रार्थना सकेको एक घण्टा नबित्दै श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका हुन् ।
कालिकामाई गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार सोमबार बिहान एकाएक विद्यार्थी बेहोस भएका हुन् । उनले भने, ‘स्कुलको प्रार्थना सकेको केही बेरमा विद्यार्थीहरू बेहोस हुन थाले ।’
सुरुमा एक जना विद्यार्थी बेहोस भएको तर केहीबेरमै धमाधम अन्य विद्यार्थी समेत बेहोस हुन थालेको उनले बताए ।
गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार बेहोस भएकामध्ये एक जना विद्यार्थीको अवस्था गम्भीर छ । गम्भीर अवस्थामा रहेका ती विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए ।
बाँकी विद्यार्थीको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ ।
‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरू बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण