सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
सोमबार, १९ फागुन २०८१, २२ : २९
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा सोमबार बिहान स्कारपियो पल्टिँदा चालकको मृत्यु भएको छ। गाउँको भित्री सडकमा बिहान ४ बजेतिर बीआर ३० पि १७०३ नम्बरको स्कारपियो अनियन्त्रित भइ पल्टिँदा चालक ४० वर्षीय अमितकुमार अधिकारी गम्भीर घाइते भएका थिए।
अधिकारीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
अधिकारीको दायाँ हात र शरीरका अन्य भागमा गहिरो चोट लागेको थियो। मृतकको शव काठमाडौँमै पोस्टमार्टमपछि चक्रघट्टा ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कारपियो नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण