हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा

मुम्बई । महाराष्ट्रको बीडमा एक सरपञ्चको हत्या मामिलामा एनसीपी अजित पवार गुटका विधायक तथा मन्त्री धनञ्जय मुन्डेले पदबाट राजीनामा दिएका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले मुन्डेसँग राजीनामा माग गरेका थिए ।
यसका लागि उनले एनसीपी प्रमुख अजित पवार र पार्टीका नेता प्रफुल्ल पटेलसँग छलफल गरेका थिए । मुन्डे महाराष्ट्र सरकारमा खाद्य, नागरिक आपूर्ति एवं उपभोक्ता संरक्षण मन्त्री थिए ।
सरपञ्च सन्तोष देशमुखको हत्यामा मुन्डेका निकट रहेका वाल्मीक कराडको हात रहेको छ । छानबिन समितिले कराडलाई हत्याको मुख्य योजनाकार बनाएको छ ।
हत्यासँग जोडिएका केही तस्बिरहरू बाहिरिएका छन् । यसमा आरोपीले लाठीले सरपञ्चलाई कुट्दै गरेको देखिन्छ । त्यसपछि उनीहरूले सरपञ्चको कपडा उतारेर उनीमाथि पिसाब गरिरहेको देखिन्छ । यो सबै भिडियो आरोपीहरूले नै आफ्नो फोनमा रेकर्ड गरेका थिए ।
मुन्डे भन्छन्, ‘हत्या आरोपीहरूलाई कडा सजाय दिनुपर्छ भन्ने मैले पहिलो दिनदेखि भन्दै आएको छु । हिजो बाहिरिएको तस्बिर देखेर मलाई निकै दुःख लाग्यो । जहाँसम्म राजीनामाको कुरा छ, मेरो स्वास्थ्य अवस्था राम्रो छैन । त्यही भएर मैले मन्त्री पद छाडेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने