उदयपुर सिमेन्ट उद्योगका श्रमिकहरूले तीन वर्षको ज्याला नपाएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योगमा काम गरेका श्रमिकहरूले तीन वर्षदेखि ज्याला नपाएको बताएका छन् ।प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै झाले उद्योगमा काम गर्ने श्रमिकहरूमध्ये तीन जनाको मृत्यु भइसकेको र एक जना किड्नी फेल भएर अस्पताल भर्ना हुँदा समेत सरकारले ज्यालाबापत पाउनुपर्ने रकम नदिएको आरोप लगाए ।
उनले भने, ‘उदयपुर सिमेन्ट उद्योगका ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरिसकेका एकसय तीन जना अहिलेसम्म पनि कुनै सुविधा पाएका छैनन् । जसमध्ये अशोक चौधरी, उपेन्द्र रखाल र देवी बजागाईंको मृत्यु भइसकेको छ । साथै हेमकुमार दाहाल किड्नी फेल भएर अस्पतालमा छन् । उपचार गर्न सरकारले पैसा दिएको छैन । नागरिकले आफूले रोजगारी गरेबापत पाउनुपर्ने रकम किन पाइराखेको छैन ।’
उgले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न नपाएको कारण कुलमानलाई हटाउने खेल खेलिरहेको आरोप समेत लगाए । उनले भने, ‘हामी सार्वजनिक संस्थानमा राजनीतिक नियुक्तिको उपज के हुँदो रहेछ देखिरहेका छौँ । तर अर्को कुरा कुलमान जस्ता घाटामा गएको कम्पनी नाफामा पुर्याउनेहरूको मूल्याङ्कन हामी शून्यमा गर्छौँ । आफ्ना कार्यकर्ता भर्ना गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहाना बाजी गरिराखेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित