युक्रेनको तर्फबाट युद्ध लड्ने बेलायती युवकलाई रुसमा १९ वर्षको जेल सजाय
मस्को । रुसले एक जना बेलायती युवकलाई १९ वर्षको जेल सजाय सुनाएको छ । २२ वर्षका जेम्स स्कट रेह्स एन्डर्सन युक्रेनको तर्फबाट युद्धमा लड्दै गर्दा समातिएका थिए ।
रुसी अदालतले बुधबार उनलाई १९ वर्षको सजाय सुनाएको छ । एन्डर्सनमाथि कुस्र्कमा तीन दिनको बन्द सैन्य कारबाहीमा भाडाको सैन्य गतिविधि गरेको र आतंकवादी कार्य गरेको अभियोग लगाइएको थियो । एन्डर्सन नोभेम्बरमा पक्राउ परेका थिए ।
उनीविरुद्ध लगाइएको अभियोगमा एन्डर्सन दोषी भेटिएको कुस्र्क क्षेत्रका लागि अदालतको प्रेस सेवाले एउटा विज्ञप्तिमा भनेको छ । एन्डर्सन पाँच वर्षसम्म जेलमा रहनेछन् । त्यसपछिको बाँकी अवधिका लागि उनलाई पेनल कोलोनीमा पठाइने बताइएको छ ।
२०२२ मा रुसको कब्जामा रहेको दोनेत्स्क क्षेत्रको एउटा अदालतले दुई बेलायती र एक मोरक्काली नागरिकलाई मृत्यु दन्डको सजाय सुनाइएको थियो । तर कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत तीनै जनालाई पछि रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण