कोटीहोम विवाद
पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते
शुक्रबार, २३ फागुन २०८१, १२ : ०१
कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।
पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
_A02TuV1RGO.jpg)
_E1s5yhVH93.jpg)
_RUH6qnkBSU.jpg)
_Ywog8YJyJ2.jpg)
_3PX41UZH1Y.jpg)
_EfuUhdPvFD.jpg)
_OzQ1Yr4QzP.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण