नुनबाहेक अरु सबै खानेकुरामा नेपाल आत्मनिर्भर हुँदैछ : ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नुन बाहेक सबै कृषि उपजमा आत्मनिर्भर बन्दै गएको बताएका छन् । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । ‘उत्पादनको हिसाब पनि बढेको छ, जनसङ्ख्या बढेको छ, आवश्यकता पनि बढेकाले कम भएजस्तो भएको हो,’ उनले भने, ‘विभिन्न जिल्लाहरूमा फलफूल खेतीको लहर पनि बढेको छ।’
अहिलेको राजनीतिमा कतै अलमल हुनुहुँदैन । हामीले ल्याएको लोकतन्त्र सही तरिकाले अघि बढेको छ । व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने कुरा सत्य हैन । त्यो बेला बाल मृत्युदर नै धेरै थियो । अहिले त्यो रोकिएको छ ।’
उनले अहिले फुसका छानालाई जस्ताका पाताले विस्थापित गरिएको समेत बताए । ‘युगान्तकारी काम गरेका छौँ । भुईँचालो गयो, त्यत्रो तर जुरुक्क उचालेर काम गरेका छौँ । जाजरकोट भूकम्पको पुनर्निर्माणको काम पनि अघि बढेको छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफू अब कुनै आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा नरहेको बताए ।
‘तीन तहका सरकारबिच समन्वय गरेर अघि बढ्नुपर्छ, अहिले असन्तुष्टि गर्ने तरिका नेपालमा जसरी बढिरहेको छ, त्यसलाई हल गर्नुपर्छ,’ उनले भने, ‘मान्छे त्यही बाटोमा गाडी कुदाइरहेको छ, के विकास भएको छ भन्छ ?’ त्यसलाई हल गर्ने गरी अहिलेको सरकार लागिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण