सांसद सिंहको पुत्ला दहन
शनिबार, २४ फागुन २०८१, १८ : १८
रौतहट । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुत्ला दहन गर्दै प्रदर्शन भएको छ।
सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै साहका समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरूले नाराबाजी गर्दै बीपी चौकमा शनिबार पुतला दहन गरेका हुन् ।
नगरका उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य, तथा स्थानीयहरूले सांसद सिंहलाई अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग गरेका छन् ।
प्रदर्शनकारीहरूले ब्यानर, प्लेकार्ड बोकेर पुत्ला दहन गर्दै सिंहले अविलम्ब माफी नमागेमा उनीविरुद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण