डोल्पाको त्रिपुराकोटमा ‘एक घर–एक धारा’
त्रिपुराकोट– यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्तौंदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् ।
“सयौँ वर्षअघिदेखि सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाबाट स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपूर्तिहुन्छ”, त्रिपुरासुन्दरी–१ का दिलीप गिरीले भने ।
“योभन्दा अगाडि खोलाबाट आएको बालुवायुक्त पानी पिउनुपर्ने बाध्यता थियो, दूषित पानी प्रयोग गरेकै कारण गाउँमा टाइफाइड, झाडापखाला, रुघाखोकी, आउँका बिरामी धेरै हुन्थे”, उनले भने ।
“वर्षात्को समयमा खोलाबाट फोहर पानी आउँदा ठूलो समस्या हुन्थ्यो, सफा पानीका लागि घण्टौ लगाएर मूलको खोजी गर्दै वनतिर जानुपर्ने बाध्यता थियो, धेरैजसो सर्वसाधारण त्यही दूषित पानी प्रयोग गर्थे, अहिले घरमै चौबीसै घण्टा स्वच्छ पानी आउँछ, नियमित सरसफाइ गर्न पनि सजलो भएको छ”, त्रिपुराकोट गल्लीका भैरम शाहीले भने।
“अहिले गल्लीवासीलाई पनि आधाघण्टा लगाएर गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छैन, स्वच्छ खानेपानीको सहज आपूर्ति भएकाले शौचालयको प्रयोगमा पनि सजिलो भएको छ”, उनले भने ।
वैशाख १ गतेदेखि त्रिपुराकोटका १०० घरमा स्वच्छ खानेपानी आपूर्ति भएको छ ।
सो आयोजना अनुदान र श्रमदान गरेर रु ६० लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पुरीप्रसाद हमालले बताए । “अहिले त्रिपुराकोटका १०० घरमा एक घर एक धारा छ, नौ हजार मिटर टाढाबाट बीच बीचमा कडा चट्टान कटान गर्दै पाइपलाइन विस्तार गर्न कम चुनौती थिएन”, उनले भने ।
निर्माण समितिको कडा मेहनतलदे त्रिपुराकोटवासीलाई पुस्तौँदेखिको दूषितपानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा मिल्नुका साथै जिल्लामै नमूना योजनाका रुपमा काम सफल भएको अध्यक्ष हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण