सेयर बजार ४६ अंकले घट्यो, १० अर्बको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज उच्च अंकले घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा २४ कम्पनीको मूल्य बढेको छ । २१७ कम्पनीको मूल्य घटेको छ भने बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।
कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता