युद्धविराममा अगाडि बढ्न युक्रेन तयार रहेको अमेरिकी दाबी
वासिङटन डीसी । रुससँग चलिरहेको युद्धलाई रोक्न युक्रेन तयार भएको दाबी अमेरिकी अधिकारीहरूबाट आइरहेको छ । युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनले ठानेको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले भनेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन् । तर युक्रेनले मागे अनुसार अमेरिकी सुरक्षा ग्यारेन्टीका लागि भने ट्रम्पले तत्काल कुने वाचा भने दिएका छैनन् ।
दश दिनअघि ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको थियो । वार्ता झगडामा टुङ्गिएपछि जेलेन्स्की फन्किएर ओभल अफिसबाट निस्किएका थिए । त्यसपछि ट्रम्पले पनि जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेका थिए ।
हाल युक्रेनको लगभग २० प्रतिशत भाग रुस कब्जामा छ । ओभल अफिसमा कुराकानीको क्रममा ट्रम्पले रुसको कब्जामा भएको भुभाग छाड्न युक्रेन तयार छ भनेर पनि सोधेका थिए । यसलाई जेलेन्स्कीले ठाडै अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण