चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्यो अन्तिम संस्कार

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको सीकर जिल्लामा एउटा अनौठो घटना भएको छ । गाउँकै एक जनाको दाहसंस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको छ भने घण्टौँपछि हेलमेट लगाएर फर्किंदै अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सीकर जिल्लाको श्रीमाधोपुर क्षेत्रको कञ्चनपुर गाउँमा श्मसान घाटमा पुगेका मलामीमाथि मौरीले हमला गरेको हो ।
मौरीको हमलाबाट कम्तीमा २५ जना घाइते भएको बताइएको छ । तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई खण्डेला रोडस्थित अस्पतालमा भर्ना गर्नु परेको बताइएको छ ।
८० वर्षीय माधो सिंह शेखावतको मलामी गएका उनीहरूलाई चितामा आगो बाल्नुअघि नै मौरीले हमला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नजिकै रहेको पिपलको रुखमा बसेका मौरीले अचानक मलामीमाथि हमला गरेका थिए ।
मौरीले हमला गरेपछि भागेका मलामीमध्ये केहीचाहिँ निकैबेरपछि हेलमेट लगाएर, पूरा शरीर ढाक्ने गरी कपडा लगाएर फर्किएका थिए । त्यसपछि बल्ल अन्तिम संस्कार गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक
-
पाटन क्याम्पसमा रिले अनशन स्थगित, चैत १६ गते स्ववियु निर्वाचन गर्ने प्रशासनको निर्णय
-
बीपी राजमार्ग पुनर्निर्माणका लागि तीन वटा प्याकेजको ठेक्का खुलाइयो
-
कुलमानलाई हटाएको भन्दै सत्ताधारी कांग्रेसकै क्षेत्रीय समितिको विरोध, दक्ष कर्मचारीको मनोबल गिराएको ठहर
-
उपेन्द्र यादव नगएपछि सत्ताधारी दलहरूको बैठक निष्कर्षबिहीन
-
गौचरन बनेको ५२ बिघामा केराखेती, हरियाली बनायो सहकारीले