समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले 'प्रतिगामी शक्ति'विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले मङ्गलवार ४ बजे बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।
मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ उपत्यका बाहिर भएकाले हिजो ठोस निर्णय नभएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले रातोपाटीलाई बताए ।
अनौपचारिक छलफलमा केपी शर्मा ओली सरकारको रवैयाका कारण राजावादीले नकारात्मक फाइदा लिइराखेको बारे छलफल भएको श्रेष्ठले जानकारी दिए ।
हिजो बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई गम्भीरताका साथ लिँदै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण