हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्ट पारेको हो ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर÷अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत वितरण लाइन चालू रहेको बताए । उक्त समयदेखि लाइन चालू रहेको र काठमाडौं उपत्यकाका खानेपानी लि. (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे ।
‘खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गरी काम भइरहेको छ ।’
गत फागुन २० मा मेलम्चीमा पाइपलाइन फुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण