‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न सुहाउँदैन’
बुधबार, २८ फागुन २०८१, १२ : ४०

काठमाडौँ । सांसद प्रभु साहले ‘७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।
प्रतिनिधिसभामा आज पेस हुन लागेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद साहले आफ्नो सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले कसरी सुशासनको कुरा गर्न सुहाउँछ भन्ने प्रश्न गरे ।
उनले सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भए पनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कुनै पनि विषयमा पारदर्शी नभएको बताए । उनले भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याउन लागिएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मकाण्डी नीति तथा कार्यक्रममाथिको बहस, सुन्ने कोही छैन (तस्बिरहरू)
-
प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता, ‘लेटर अफ गुडविल’ मा हस्ताक्षर
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया