त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार वटा क्याम्पसहरूमा विद्युतीय मतदान हुने भएको छ । चैत ५ गते हुन गइरहेको निर्वाचनमा विभिन्न चार वटा क्याम्पसहरूमा विद्युतीय मेसिनद्वारा मतदान हुने भएको हो ।
रामलक्ष्मण इनोभेसनमार्फत विभिन्न चार वटा क्याम्पसहरूमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिन लागिएको हो । त्रिवि केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय), पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र पाटन क्याम्पसमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएको हो ।
रामलक्ष्मण इनोभेसनका सञ्चालक रामलक्ष्मण रिमालले चार वटा क्याम्पसमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न लागिएको बताए । आफूहरूलाई १०० भन्दा बढी कलेजबाट विद्युतीय मतदान गराइदिनका लागि फोन कल आएको बताउँदै तर, सीमित स्रोत साधनका कारण सबैमा गर्न नसकिने बताए ।
यसअघि २०७९ सालको निर्वाचनमा समेत ती कलेजहरूमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको थियो । यो पटक पनि ती कलेजहरूमा विद्युतीय मतदानका लागि सम्झौता गरिएको हो । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सम्पन्न भएको आधा घण्टाभित्रमा मतदानको नतिजा आइसक्ने रिमालको भनाई छ ।
देशभरका स्ववियु निर्वाचन हुने सबै क्याम्पसहरूमा सीमित स्रोत साधनका कारण विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न नसकिने बताए ।
नेविसंघ इकाइ उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी
नेपाल कमर्स क्याम्पस मिनभवनमा सुदिपबाबु बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । नेपाल विद्यार्थी सङ्घ नेपाल कमर्स क्याम्पस इकाइ उपसभापति समेत रहेका बस्नेतले आफ्नै आधिकारिक उम्मेदवारका विरुद्धमा बागी उम्मेदवारी दिएका हुन् ।
निःशुल्क सेनिटरी प्याड अभियानका सह–संयोजक समेत रहेका बस्नेतले अन्य थुप्रै सामाजिक कार्य गर्दै आएका छन् । एमनेस्टी इन्टरनेश्नलको मिनभवन शाखा सदस्य, नेपाल जेसिजमा आबद्ध तथा हाम्रो टिम नेपालमा आबद्ध भएर सामाजिक कार्य गर्दै आएका छन् ।
नेविसंघमा ठुला नेताहरूले हस्तक्षेप गरेको भन्दै उनले स्ववियु सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण