युद्धविराम प्रस्ताव : जेलेन्स्कीलाई पुटिनमाथि ठूलो शंका
शुक्रबार, ०१ चैत २०८१, ०६ : १९

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । उनले शान्ति सम्झौताका लागि रुसमाथि अधिक प्रतिबन्ध लगाउन आह्वान समेत गरेका छन् ।
उनले आफ्नो दैनिक सम्बोधनमा पुटिनको पूर्व शर्तले युद्धविराम सम्भव नहुने बताए । रुस नै यसमामिलामा ढिलाई गर्ने भन्दै जेलेन्स्कीले शंका व्यक्त गरेका छन् । जेलेन्स्कीले युद्धविरामबाट वर्तमान संकटको अन्तर्निहित कारण समेतलाई समाप्त गर्न जरुरी रहेकामा जोड दिए ।
यसअघि एक पत्रकार सम्मेलनमा रुसी नेताले युद्धविरामको विचारमा समर्थन गर्ने तर यो विषयमा गहन बहस गर्नुपर्ने आवश्यकता छ, भनेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्धविरामका लागि सहमत भए पनि कयौं कठिन शर्तहरु अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
नौ महिना अन्तरिक्षमा बिताएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए
-
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित
-
रोकियो प्लाइउड निर्यात, कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय ?