इटालियन सिरी’एमा जेनोआ विजयी
शनिबार, ०२ चैत २०८१, ०५ : ५३
काठमाडौं । इटालियन सिरी’एमा जेनोआ विजयी भएको छ । शुक्रबार राती भएको खेलमा जेनोआले लेसेलाई २-१ ले हरायो । घरेलु मैदानमा जेनोआलाई जिताउन फावियो मिरेट्टीले दोहोरो तथा निर्णायक गोल गरे ।
पाहुना टोली लेसेकातर्फबाट निकोला क्रस्टोभिकले एक गोल फर्काए । सिरी’एमा २९ औं चरणका खेल सुरु हुँदा जेनोआ १२ औं र लेसे १६ औं स्थानमा छन् ।
शीर्ष स्थानको इन्टर मिलानको २८ खेलबाट ६१ अंक छ भने समान खेलबाट ६० अंक जोडेको नापोली दोस्रो स्थानमा छ । यस्तै, ५८ अंक जोडेको एटलान्टा तेस्रो स्थानमा छ । अन्तिम चरणमा आइपुगेर इटालियन सिरी’ए रोचक तथा प्रतिस्पर्धात्मक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण