आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, ०३ चैत २०८१, ०८ : ३८

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ८ बजेदेखि अर्थ समितिको बैठक बसिरहेको छ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।