इटालियन सिरी’ए : शीर्ष स्थानको इन्टर मिलान जित्दा, एटलान्टा र युभेन्ट्स पछारिए
सोमबार, ०४ चैत २०८१, ०६ : १३

काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलान, फायोरिटेना, एएस रोमा र बोलाग्ना विजयी भएका छन् । आइतबार राती भएको खेलमा शीर्ष स्थानको इन्टरले एटलान्टालाई २-० ले हरायो ।
निकै संघर्षपूर्ण बनेको खेलमा इन्टरलाई जिताउन कार्लोस अगस्टो र लुटारो मार्टिनेजले एक-एक गोल गरे । योसँग २९ खेलबाट इन्टरको ६४ अंक भएको छ । एटलान्टा भने ५८ अंकका साथ तेस्रो स्थानमा छ ।
२९ औं चरणका खेल पूरा हुँदा बोलोग्नाले लाजियोलाई ५-० को फराकिलो अन्तरले हरायो भने एएस रोमाले कालियरीविरुद्ध १-० को जित निकाल्यो । फायोरेटिनाले युभेन्ट्सलाई ३-० ले हराउँदा भेनेजिया र नापोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची