रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
सोमबार, ०४ चैत २०८१, ११ : ०२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन । महाधिवेशनको तयारी, समसामयिक राजनीतिक तथा पार्टीको भावी नीति र योजना लगायत विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको हो’, उनले भने ।
यसअघि रास्वपाले वैशाखको तेस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेकोले निर्धारित समयमै महाधिवेशन हुने वा नहुनेमा अन्योल देखिएको छ । यद्यपि नेताहरूले निर्धारित समयमै महाधिवेशन हुने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट