शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे

मङ्गलबार, २३ वैशाख २०८२, ०५ : १८
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा क्रिष्टल प्यालेस र नटिङघम फरेष्टले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । क्रिष्टलको घरेलु मैदानमा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । 

घरेलु टोली क्रिष्टलका लागि एबेरेची एजेले गोल गर्दा पाहुना टोली नटिङघमका मुरिलोले जवाफी गोल फर्काए । योसँगै प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा भएका छन् । लिगको उपाधि लिभरपुलले कब्जा गर्दा दोस्रो, तेस्रो हुने तथा रेलिगेट हुने टोलीको अन्तिम निधो हुन बाँकी छ । 

लिग विजेता लिभरपुलपछि अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको ६७ अंक छ भने म्यान्चेस्टर सिटी ६४ अंकसहित तेस्रो स्थानमा छ । हाल इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप