साताको दोस्रो कारोबारमा घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार पनि निरन्तरता पाएको हो । साताको दोस्रो कारोबारको दिन सेयर बजार परिसूचक १०.१४ अङ्कले घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।
आज कारोबारमा आएका ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर बजारमा ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सोमवार कारोबार रकममा पनि गिरावट आएको हो ।
आज बजारमा ८५ कम्पनीको मूल्य बढेको छ । १४५ कम्पनीको मूल्य घटेको छ भने बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा राप्ती हाइड्रो पावरको शेयर ९.८६ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ ।
त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य ५.६३ प्रतिशत र घलुम्दी हाइड्रोको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये य ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास