सौर्य जहाज दुर्घटना प्रकरण : मानवअधिकार आयोगको देखायो चासो
काठमाडौँ । सौर्य जहाज दुर्घटना छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ ।
एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले छानबिन गर्न चासो देखाएको हो ।
आयोगले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाएर दुर्घटनाबारे छलफल गरेको छ । छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा खतिवडाले ‘उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको, एयरलाइन्स कम्पनीले गैरकानुनी हर्कत गरेको, कानुन मिचेर सरकारले अनुसन्धान आयोग बनाएको , आयोगले एयरलाइन्स कम्पनीको आर्थिक चलखेलमा दोषीलाई उन्मुक्ति दिन प्रतिवेदन तयार गरेको, तथ्यले घटनालाई आकस्मिक, भवितव्य वा दुर्घटना मात्रै भन्न सकिने अवस्था नरहेको बताउँदै घटनामा १८ जनाको नरसंहार भएको दाबी गरेका छन् ।
आयोग अध्यक्ष मगरलाई ध्यानाकर्षण बुझाउँदै खतिवडाले भने,‘सौर्य जहाज दुर्घटनाका सन्दर्भमा एयरलाइन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरिदिएको भए मेरा तीन सन्तति सहित १८ जनाको ज्यान जाने थिएन’ । ध्यानाकर्षण पत्र बुझ्दै आयोग अध्यक्ष मगरले घटनाको अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन पहल गर्ने बताए ।
सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाइँ र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिस शाक्य भने बाँच्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण