आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दाको पेसी न्यायाधीश अधिकारीको इजलासमा
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो । राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् ।
सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
२०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई मेलमिलापमा पठाउने आदेश गरेको थियो ।
तर मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः सुनुवाइका लागि अदालत नै फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण