आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दाको पेसी न्यायाधीश अधिकारीको इजलासमा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दा पेसीमा चढेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको हो । राणाले सिंहविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् ।
सिंहले राणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।
२०८१ जेठ २२ गते जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई मेलमिलापमा पठाउने आदेश गरेको थियो ।
तर मेलमिलाप हुन नसकेपछि मुद्दा पुनः सुनुवाइका लागि अदालत नै फर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)
-
ओली सरकार आफ्नै भारले ढल्छ : अग्निप्रसाद सापकोटा
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन