अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन
बेइजिङ । अहिले आफू अमेरिकाले व्यापार वार्ता सुरु गर्न दिएको प्रस्तावको मूल्याङ्कन गरिरहेको चीनले बताएको छ । यसलाई व्यापार वार्ताको ढोका खुल्ने सङ्केतको रूपमा हेरिएको छ ।
अमेरिकाले हालै चीनलाई सम्बन्धित पक्षबाट चीनसँग व्यापार वार्ता सुरु गर्न आशावादी रहेको भन्दै कयौँ सन्देश पठाएको र चीनले पनि यी प्रस्तावहरूको मूल्याङ्कन गरिरहेको चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले शुक्रबार विज्ञप्तिमा भनेका थिए ।
यसलाई चीन अमेरिकाप्रति केही लचिलो भएको सङ्केतको रूपमा हेरिएको छ । यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनसँग व्यापार वार्ता गरिरहेको बारम्बार भने पनि चीनले ती दाबी ठाडै अस्वीकार गर्दै ट्यारिफ पूरै नहटाएसम्म व्यापार वार्ता नगर्ने अडान लिएको थियो ।
शुक्रबार चीनले पहिलो पटक वार्ताको कुरा गरेको छ । तर व्यापार वार्ताका लागि केही पूर्वत सर्त पूरा गर्नु पर्ने उसको अडान कायमै छ ।
‘ट्यारिफ र व्यापार युद्ध अमेरिकाले एकतर्फी ढंगले सुरु गरेको थियो, र उसले वार्ता गर्न चाहेको हो भने साँच्चैको गम्भीरता देखाउनै पर्छ, यसमा उसले गरेको गलत काम सच्याउने र एकतर्फी रूपमा मनोमानी ढंगले लगाइएका ट्यारिफ पनि रद्द गर्नु पर्छ’ प्रवक्ताले भनेका थिए ।
गएको महिनाको शुरुमा अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएपछि अमेरिका र चीनबिचको व्यापार धरापमा परेको छ ।
केही चिनियाँ व्यवसायीका लागि अमेरिकासँग व्यापार गर्न सकस भइरहेको छ । जस्तालाई त्यस्तै गर्ने नीति चर्किदै गर्दा चीनले पनि अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण