ऊर्जा
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
शुक्रबार, १९ वैशाख २०८२, १२ : २४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ । रत्नपार्कस्थित प्राधिकरणको हलमा शुक्रवार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकारबाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका हुन् ।
आइतबार नै जारी गर्न सञ्चालक समितिबाट श्वेतपत्र स्वीकृत भए पनि ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए/गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने देखिन्छ ।
प्राधिकरणले बनाएको श्वेतपत्रको मस्यौदा केही सार्वजनिक हुनुभन्दा अघि नै सार्वजनिक भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण