एनसी एग्रो टेकले १८ लाख कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौँ । एनसी एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १८ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ ।
कम्पनीले आइपपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ ।
क्यापिटलको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वि.संं. २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस एनसी. एग्रो टेक इण्ड्रष्ट्रिज लि.को रजिष्टर्ड (केन्द्रीय) कार्यालय टोखामा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी गैडाकोट –१४, नवलपुरमा रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण