आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, ०८ चैत २०८१, ०८ : ५६

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
-
प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने
-
‘ट्रक’ को ठक्करबाट एक युवकको मृत्यु
-
गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै
-
नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ
-
आईपीएलको बारेमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै, बिहीबारदेखि सुरु हुनसक्ने