माइतबाट आएकै रात महिलाले पतिको जिब्रो टोकेर छिनालिन्
नयाँ दिल्ली । बिहे भएको डेढ महिना नबित्दै एक महिलाले आफ्नो पतिको जिब्रो टोकेर छिनालेकी छन् ।
घटना भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको बताइएको छ ।
घाइते अवस्थामा पीडित कन्हैयालाललाई शुक्रबार राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डेढ महिनाअघि कन्हैयालाल र रविनाबिच विवाह भएको थियो । पछिल्लो समय रविना माइत गएकी थिइन् । बिहीबार रविनालाई उनका पिताले घरमा ल्याएर छोडेका थिए ।
राति अबेर पति–पत्नीबिच कुनै विषयमा झगडा भएको बताइएको छ । सोही क्रममा रविनाले पतिको जिब्रो टोकेर छिनालेको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि रविनाले आत्महत्याको प्रयास गरेको बताइन्छ । तर परिवारले थाहा पाएर सम्झाइ–बुझाइ गरेपछि उनले आफ्नो उक्त उद्देश्य परिवर्तन गरेकी थिइन् ।
घटनाबारे प्रहरीमा समेत जानकारी भएको तर कुनै उजुरी भने नपरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण