माइतबाट आएकै रात महिलाले पतिको जिब्रो टोकेर छिनालिन्

नयाँ दिल्ली । बिहे भएको डेढ महिना नबित्दै एक महिलाले आफ्नो पतिको जिब्रो टोकेर छिनालेकी छन् ।
घटना भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको बताइएको छ ।
घाइते अवस्थामा पीडित कन्हैयालाललाई शुक्रबार राजेन्द्र पब्लिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डेढ महिनाअघि कन्हैयालाल र रविनाबिच विवाह भएको थियो । पछिल्लो समय रविना माइत गएकी थिइन् । बिहीबार रविनालाई उनका पिताले घरमा ल्याएर छोडेका थिए ।
राति अबेर पति–पत्नीबिच कुनै विषयमा झगडा भएको बताइएको छ । सोही क्रममा रविनाले पतिको जिब्रो टोकेर छिनालेको परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि रविनाले आत्महत्याको प्रयास गरेको बताइन्छ । तर परिवारले थाहा पाएर सम्झाइ–बुझाइ गरेपछि उनले आफ्नो उक्त उद्देश्य परिवर्तन गरेकी थिइन् ।
घटनाबारे प्रहरीमा समेत जानकारी भएको तर कुनै उजुरी भने नपरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या