प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु
आइतबार, १० चैत २०८१, १५ : ३४
विराटनगर । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।
महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दावेदारी पेस गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण