मुख्यमन्त्री कँडेलले मन्त्री र सचिवलाई भने– दिन बिताउने कुराको छुट छैन

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मन्त्री र सचिवहरुप्रति निर्मम बन्न थालेका छन् । पछिल्लो समय अपेक्षा अनुसार कामकारबाही नभएको भन्दै उनी निर्मम बन्न थालेका हुन् ।
कँडेलले जनअपेक्षा अनुसार निर्णय गर्न र प्रकृया अगाडी बढाउन सचिवहरूलाई निर्देशन समेत दिएका छन्। आइतबार चालु आर्थिक वर्षको बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले लेखिएका कानुनी कुरामात्रै देखाएर काम रोक्ने वातावरण गर्न नहुने बताए। स्वच्छ नियत राखेर गरिएका कामहरू सञ्चालनका लागि सहयोग गर्नुपर्ने उनले बताए।
मन्त्रीहरुलाई निर्देशन दिँदै उनले भने– ‘दिन बिताउने कुराको छुट छैन।’ जिम्मेवारी पाएको बेला गम्भिरतापूर्वक कार्य गर्न उनले निर्देशन दिए । मन्त्रालयको कार्यक्षेत्र र योजनाको प्रकृति अनुरूप जिल्ला र क्षेत्रका आधारमा सन्तुलन कायम गरेर योजना निर्माण गर्दा उपलब्धी र कार्यसम्पादनमा फड्को मार्न सकिने कँडेलले बताए ।
‘आर्थिक अनुशासन कायम गर्ने निकायको रूपमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट कार्यान्वयनमा दिनुहोस्,’ उनले भने, ‘भुक्तानी समयमा दिने कार्य गर्नु जिम्मेवारी भएकोले कार्यसम्पादनमा ख्याल गर्नुहोस् ।’
आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको हुँदा तदारूकताका साथ काम गर्न कँडेलले सचिव तथा मन्त्रीलाई निर्देशन दिए । उनले थपे, ‘जनताको पहलकदमी र सक्रियता बढाएपनि माग गरेबमोजिम योजना छनोट नहुने भएकोले सोही अनुसारको मनोभावना सिर्जना गर्न आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?