अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ताका लागि इरान तयार, दबाब र धम्कीको नीति रहेसम्म प्रत्यक्ष वार्ता हुँदैन
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौताका लागि वार्ता गर्न माग गरेपछि अमेरिकासँग अप्रत्यक्ष वार्ताका लागि आफू तयार रहेको इरानले बताएको छ ।
‘जबसम्म इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन हुँदैन, अप्रत्यक्ष वार्ताका लागि बाटो खुला छ,’ प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै विदेशमन्त्री अब्बास अराघचीले भने । उनकाअनुसार जबसम्म ट्रम्पले अधिकतम दबाब र धम्कीको नीति राख्छन् तबसम्म वासिङ्टनसँग प्रत्यक्ष वार्तामा तेहरान संलग्न नहुने स्पष्ट पारे ।
राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा त्यो नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रममा भएको ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता लिएर तेहरानमाथि प्रतिबन्धहरू पुनःस्थापित गरेको विदेशमन्त्रीले स्मरण गराएका छन् ।
संयुक्त राज्य अमेरिकासहितका पश्चिमा देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाउँदै आएका छन् । उक्त आरोपलाई तेहरानले अस्वीकार गर्दै यसको संवर्धन गतिविधिहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ ।
मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिन पत्र लेखेको बताएको थियो ।
संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका सल्लाहकार अनवर गर्गसले मार्च १२ मा तेहरानलाई यो पत्र दिएको इरानी समाचार एजेन्सी फार्सले त्यसबेला रिपोर्ट गरेको थियो । शुक्रबार खामेनीले अमेरिकी धम्कीहरूले ‘उनीहरूलाई कतै पुर्याउने छैन’ भन्दै इरानविरुद्ध केही हानिकारक गरे भने पारस्परिक उपायहरूको चेतावनी दिएका थिए ।
मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभन विटकफले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा ट्रम्पको लक्ष्य इरानसँग विश्वास निर्माण गरेर सैन्य द्वन्द्वबाट बच्नु रहेको र पत्रर धम्कीको रूपमा नरहेकोमा जोड दिए ।
ओमानले पनि तथाकथित ‘मस्कट प्रक्रिया’ मार्फत इरानको आणविक मुद्दामा अप्रत्यक्ष वार्ता मध्यस्थता गरेको छ । यसलाई अराघचीले अक्टोबरमा ‘हाललाई रोकिएको छ’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण