दिउँसो १२ बजे नै ह्याक भएको थियो हेलो सरकारको वेबसाइट
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट बुधबार दिउँसो १२ बजे नै ह्याक भएको पाइएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले प्राविधिक टिमले डाटा ब्याकअप गर्ने काम गरिरहेको छ । प्राविधिक टिमले ८ दिन अगाडिसम्मको डेटा ब्याकअप भएको जानकारी दिएको छ । अरु डेटा ब्याकअपका लागि काम भइरहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘हाल ८ दिन अगाडिसम्मको डेटा ब्याकअप भएको छ । अरु डेटा ब्याकअपको लागि प्राविधिक टिम लागिरहेको छ ।' गोप्य डेटा केकति लिक भएको भन्नेबारे अहिलेसम्म केही थाहा हुन नसकेको प्राविधिक समूहलाई उदृत गर्दै स्रोतले बताएको छ । ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको बताइएको छ ।
जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण