साइबर हमलापछि हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखियो
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो ।
ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो । जसमा नेपाल सरकारले आफूहरुसँग सम्पर्क गर्न अस्वीकार गरेकाले सुरक्षा डेटा बिक्री गर्न बाध्य भएको उल्लेख थियो । यसरी ह्याकरले महत्वपूर्ण विवरणसहितको डेटा डार्कवेबमा बिक्रीमा राखिदिएका हु्न् ।
वेबसाइट ह्याक भएपछि अहिले वेबसाइटलाई मेन्टिनेन्समा राखिएको हो । तर, बुधबार राति यो समाचार तयार पार्दासम्म वेबसाइट अवरुद्ध नै छ । अहिले एकीकृत डाटा व्यवस्थापन केन्द्र मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरु वेबसाइट पूर्ववत अवस्थामा फर्काउन लागिपरिरहेको केन्द्रका एक अधिकारीले बताए ।
यता हेल्लो सरकारको वेबसाइट ह्याकबारे साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले आफूलाई त्यसबारे जानकारी नभएको बताए । उनले भने, ‘त्यहाँको आइटी टिमले काम गरिरहेको होला, हामीलाई औपचारिक जानकारी आएको छैन ।’
विदेशी ह्याकरहरुले पटक पटक सरकारी वेबसाइटलाई निशाना बनाउँदै आएका छन् । तर, सरकारले पर्याप्त साइबर सुरक्षा अपनाउनेतर्फ ध्यान दिन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण