आन्दोलन अवधिभर उत्तरपुस्तिका नजाँच्न शिक्षकहरूलाई महासङ्घको सर्कुलर
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आन्दोलनको लागि तयारी अवस्थामा रहन देशभरका शिक्षकहरूलाई सर्कुलर जारी गरेको छ। चैत २० गतेदेखि काठमाडौँमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न सर्कुलर जारी गरेको हो।
चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्ने महासङ्घको तयारी छ। त्यसका लागि शिक्षक कर्मचारीहरूलाई सात बुँदे सर्कुलर जारी गरेको छ । आन्दोलन अवधिभर एसइई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउन भनेको छ।
त्यस्तै शिक्षा मन्त्रालय लगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा समेत सहभागी नहुन भनेको छ । त्यस्तै चैत २० गतेदेखि हुने आन्दोलनमा अनिवार्य रूपमा काठमाडौँ आउन चार लाख शिक्षक तथा कर्मचारीहरूलाई निर्देशन जारी गरेको हो ।
त्यस्तै हरेक जिल्लाले सबै शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क १०० रुपैयाँ प्राप्त गरी त्यसबाट ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ।
हरेक जिल्लाले २०८० सालको वार्षिक सदस्यता शुल्क प्रति शिक्षक २५० रुपैयाँ प्राप्त गरी प्रति सदस्य ५० रुपैयाँ केन्द्रको खातामा पठाउन समेत सर्कुलर जारी गरेको हो।
शिक्षक, विद्यार्थी र विद्यालयमैत्री विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै महासङ्घले आन्दोलन गर्दै आएको छ। सरकारले भने ऐन बन्ने प्रक्रियामा रहेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेको छ। तर, महासङ्घले भने ऐन जारी नहुँदासम्म घर नफर्किने अडान लिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण