अमेरिका रुससामु दरिलो भएर उभिने आशामा जेलेन्स्की
किभ । यतिबेला अमेरिका रुस र युक्रेनबीच शान्ति सम्झौता गराउन लागि परेको छ । अमेरिकाले रुस र युक्रेन दुवै पक्षसँग एक पछि अर्को गर्दै छुट्टै भेटवार्ता गरिरहेको छ । रुसले पनि अमेरिकासामु बेलाबेलामा आफ्ना नयाँ शर्त तेस्र्याइरहेको छ । यस्तो युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अब रुसको मागको सामना गर्न अमेरिका दरिलो भएर उभिने आशा व्यक्त गरेका छन् ।
कृष्ण सागरमा युद्धविराम लगाउने हो भने आफूमाथि लगाइएको पश्चिमी प्रतिबन्धहरू हटाउनु पर्ने माग रुसले गरेको छ । जेलेन्स्कीले बुधबार पेरिसमा एक प्यानल अन्तरवार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दा यस्तो बताएका हुन् । यसै क्रममा बीबीसीले जेलेन्स्कीलाई सोध्यो ‘के अमेरिकाले रुसी दबाबको प्रतिरोध गर्नेछ ?’ भनेर सोधेको थियो ।
‘मलाई आशा छ यस्तै हुनेछ । भगवानको कृपाले तिनीहरूले यस्तै गर्नेछन् । तर पनि हामी हेर्नेछौं ।’ यसको जवाफमा उनले भनेका थिए । यसअघि, रुस र युक्रेनका प्रतिनिधिमण्डलहरूले साउदी अरबमा अमेरिकी अधिकारीहरूसँग तीन दिन छुट्टाछुट्टै वार्ता गरेपछि कृष्ण सागरमा युद्धविराममा सहमति जनाएको अमेरिकाले मंगलबार भनेको थियो ।
तर, यसको केही घण्टा पछि रुसले एक विज्ञप्ति जारी गर्दै कृष्ण सागरमा युद्धविराम गर्ने हो भने आफ्नो यी शर्त पालना हुनु पर्ने भन्दै सूचि निकालेको थियो । आफ्नो खाद्यान्न र मलको व्यापारमा पश्चिमा देशहरूले लगाएको प्रतिबन्ध हटाएपछि मात्रै कृष्ण सागरमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न समुद्री युद्धविराम हुन रुसले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण