प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आजपा अध्यक्ष साहले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिँदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजीनामा गरी निकास दिनुपर्ने जनाएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल रहेको साहले जनाएका छन् ।
`वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाडौँमा ठुलो धनजनको क्षति भएको छ । पत्रकार सुरेश रजक र सञ्जीव महर्जनको दुःखद निधन एवं कयौँ व्यक्ति घाइते भएका छन् । सरकारको अलोकतान्त्रिक रवैया, उदासीनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एवं आक्रोश बढ्दो छ´ साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै उनले विपक्षी दलहरूको अवरुद्धले सिङ्गै संसद् ठप्प रहेको र सत्ता गठबन्धन भित्रको विवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नु परेको, देशको आर्थिक सूचकांक सम्पूर्ण नकारात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्ति प्रक्रिया समेत अवरुद्ध भएको, अन्तर्राष्ट्रिय कूटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एवं विकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्य सम्पादन मूल्याङ्कनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताए ।
पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण