शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा निरीक्षण गरेका छन् । विभिन्न धार्मिक सङ्घ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड गरेकाले त्यसको क्षतिबारे बुझ्न शीर्ष नेताहरु आलोकनगर पुगेका हुन् ।
निरीक्षणका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायतका नेताहरूले घटनाक्रमको वस्तुस्थितिबारे जानकारी लिए ।
निरीक्षणका क्रममा भवनका अधिकांश सिसा फुटेका, फर्निचर तथा महत्वपूर्ण कागजात जलाइएको पाइएको छ । त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रतिगामी शक्तिले गरेको हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने बताए ।
गणतन्त्र, संविधान र व्यवस्था विरोधी समूहले भौतिक संरचना तोडफोड, आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण