राजावादीको छाडातन्त्रलाई छुट दिन सकिँदैन : प्रचण्ड
काठमाडौँ । समाजवादी मोर्चाले राजावादीको क्रियाकलापको सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै समाजवादी मोर्चाका नेताहरूले राजावादीको क्रियाकलाप आपराधिक भएको भन्दै सशक्त ढंगले प्रति प्रतिवाद गर्ने जनाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताए । ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।
सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको आरोप थियो । प्रचण्डले काठमाडौँमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राजावादीको क्रियाकलाप आपराधिक रहेकाले सशक्त ढंगले प्रतिवाद गर्ने बताए । राजावादी समर्थकहरूले शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी तोडफोड गर्दै आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण