म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, १० हजारसम्म पुग्ने आशंका
शनिबार, १६ चैत २०८१, १२ : ३४
_9Ra73aiw5B.jpg)
म्यानमार । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । रोयटर्सका अनुसार म्यानमारको सैन्य सरकारले २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी दिएको हो ।
भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। यो आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले व्यक्त गरेको छ। भूकम्पको धक्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।
अर्कोतर्फ, थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। यसमा १० जनाको मृत्यु भएको छ। शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो।
ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर