शार्फु–४ मा पहिलो पटक मानव पाइला

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिईन् ।
एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्णको सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहेका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ हजार मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन् ।
टोलीमा सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ रहेका थिए । हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको लियलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)
-
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
-
कमल राणा : विशेष विवाह विधेयक प्रस्तुत गरिन्, जनमत नआउँदै संसद् भंग हुँदा दुखी भइन्
-
हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
-
‘खलिल जिब्रानको द प्रोफेट मेरा निम्ति किताब मात्र होइन, मन्त्र पनि हो’
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की