शार्फु–४ मा पहिलो पटक मानव पाइला
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिईन् ।
एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्णको सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहेका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ हजार मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन् ।
टोलीमा सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ रहेका थिए । हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको लियलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुमनुब्रीले ल्यायो ४६ करोडको बजेट
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण