राप्रपा बैठक
तीनकुने घटनाको छानबिनका लागि आयोग गठन गर्न राप्रपाको माग
शनिबार, १६ चैत २०८१, १८ : ३९

काठमाडौँ । राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले हिजोको सम्पूर्ण घटनाको जिम्मेवार सरकार रहेको दाबी गरे । सो घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको बताए ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर फसाउने काम भएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन