पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
पोखरा । पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले २३ चैतदेखि ३० गतेसम्म दोस्रो संस्करणको टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा १६ टिम सहभागी हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘हामीलाई टिमको प्रेसर २८/२९ कै भइसकेको छ । तर, १६ टिममा प्रतिस्पर्धा गराउँछौँ,’ उनले भने ।
तयारीका क्रममा ८ वा १२ टिमबिच प्रतिस्पर्धा गराउने योजना बनाइएकोमा चाप बढेपछि १६ टिम पुर्याइएको आचार्यले सुनाए । प्रतियोगिताको पहिलो संस्करणमा प्रदेश तथा विभागीय सहित १२ टिमले सहभागिता जनाएका थिए ।
पहिलो संस्करण मधेस प्रदेशले जितेको थियो । यो वर्ष पुरस्कारको राशि पनि बढाइएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतालाई साढे २ लाख दिइएकोमा यो वर्ष बढाएर विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार दिइने छ ।
म्यान अफ दि सिरिजले ३० हजार, वेष्ट बलर, वेस्ट व्याटरले १०/१० हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल लिग कम नक आउटका आधारमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण