३२.२४ अंकले सेयर बजार बढ्यो, कारोबार साढे ७ अर्बभन्दा माथि
काठमाडौं । आजको सेयर बजार बढेको छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज बजारमा २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै बढेको छ ।
बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन । सबैभन्दा धेरै मूल्य जोशी हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी मूल्य प्रभु स्मार्ट फण्डको ५.७४ प्रतिशतले घटेको छ ।
कारोबार र कारोबर संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रोमोटर सेयरको कारोबार सर्वाधिक भएको नेप्सेले जनाएको छ ।
शुक्रबारको घटनापछि पहिलोपटक खुलेको बजारले तरल राजनीतिक माहोलबीच सकारात्मक अवस्था देखाएको हो । विगत लामो समयदेखि बजारमा गिावट देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण