इटालियन सिरी’एमा इन्टर र नापोली जित्दा एटलान्टा स्तब्ध
सोमबार, १८ चैत २०८१, ०५ : ३५
काठमाडौं । इटालियन सिरी’ए फुटबलमा शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको नापोली विजयी हुँदा तेस्रो स्थानमा रहेको एटलान्टा हारेको छ ।
आइतबार राती भएको खेलमा इन्टरले युडिनिजलाई २-१ ले हरायो । इन्टरलाई जिताउन मार्को अर्नाटोभिक र डेभिड फ्रेटेसीले गोल गरे । युडिनिजका उमर सोलेटले एक गोल फर्काए ।
जितसँगै इन्टरको ३० खेलबाट ६७ अंक भएको छ । यस्तै, एसी मिलानलाई २-१ ले नै हराएको नापोलीको समान खेलबाट ६४ अंक भएको छ । फायोरेटिंनासँग १-० ले हारेको एटलान्टाको भने ३० खेलबाट ५८ अंक मात्रै छ ।
सिरी’ए अन्तर्गत आइतबार राती भएको अर्को खेलमा कालियरीले मोन्जाविरुद्ध ३-० को शानदार जित निकाल्यो । अंक तालिकाको १५ औं स्थानमा रहेको कालियरीले रेलिगेशन जोनमा रहेको मोन्जाविरुद्ध सहज जित निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण